तस्करीमा संलग्न थापालाई प्रहरीले दुई महिना बित्दा पनि पक्राउ गर्न सकेन्, मिलेमतोको आशंका

Advertisement

काठमाडौं । भन्सार विभागले वारेन्ट (पक्राउ पुर्जी)  जारी गरेका राजेन्द्र (राजु) थापालाई पक्राउ गर्न आनाकानी गरेको छ । वारेन्ट जारी गरेको दुई महिना बित्नलाग्दा पनि प्रहरीले थापालाई पक्राउ गर्न आलटाल गरेबाट धेरै आशंका जन्मिएको छ । 

भैरहवा भन्सार कार्यालयबाट एकथरी सामान भनी अर्कैथरी सामान जाँचपास गर्ने कार्यमा संलग्न थापा तस्करीको नाइके भएको भन्दै वारेन्ट जारी गरिएको हो । पछिल्लो समय थापाले एकथरी सामन भनी प्याज, माछा, काजु, कपडा तस्करी गर्ने गरेको पाइएको थियो । 

Advertisement

सुराकीले पटक पटक उजुरी गरेपछि पाइएको तथ्यका आधारमा भन्सार विभागले प्रहरीलाई पक्राउ गर्न आग्रह गरेको थियो । विभागले भन्सार छलीको मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पनि अनुसन्धान र कारवाही प्रक्रियाका लागि आग्रह गरेको थियो । तर सीआईबीले यो मुद्दा जिल्ला प्रहरीले नै हेर्ने भन्दै पन्छिएको थियो।

तस्करी थापाको प्रहरीसँगै मिलेमतो भएको भन्सार स्रोतको भनाई छ । नेपालमै निर्वाधरुपमा घुम्दै आएका व्यक्तिलाई दुई महिनासम्म पनि पक्राउ गर्न नसकेपछि प्रहरीको भूमिकामा भन्सार विभागले आशंका गरेको छ । स्रोत भन्छ, ‘हामीलाई सशंकित बनाएको छ । निजले भन्सार छली र चोरी पैठारीमा संलग्न रहेको भनेर तथ्यसहित पक्राउ गर्न भनेपछि अहिलेसम्म पक्राउ परिसक्नुपर्ने हो । तर अहिलेसम्म पक्राउ गरेको छैन् । हामीलाई सूचना भएअनुसार थापालाई उच्च तहका प्रहरीको समेत संरक्षण छ ।’

को हुन थापा ?
थापा सिमावर्ती नाकाहरुलाई आधार बनाएर बर्षौंदेखि कपडा तस्करीमा संलग्न व्यक्ति हुन् । उनी पहिले कपडा व्यापारीका एक कामदार थिए । गिरिधारी र आनन्द जलानलगायतका कपडा व्यापारीको कामदारको रुपमा काम गर्दै आएका उनले यी व्यापारीले नाममा फर्म खोलेर व्यवसाय गरिरहेका थिए ।

आर्थिक वर्ष २०७२–७३ मा राजश्व अनुसन्धान विभागले तीन ट्रक अवैध कपडा बरामद गरी थापालाई समेत थुनामा राखेको थियो । तत्कालिन समयमा विभागका महानिर्देशक निर्मलहरि अधिकारी थिए । उनले ठूलो राजनीतिक दबाबका बीच पनि थापाको समूहलाई कारबाही गरेका थिए ।  त्यतिबेला थापाको कम्पनीविरुद्ध तीन करोड ४३ लाखको मुद्दा दायर भएको थियो ।

स्रोतका अनुसार थापाले सो मुद्दामा परेपछि आफै काम सुरु गरेका हुन् । उनले एक ट्रान्सपोर्ट कम्पनी पनि सञ्चालन गरिरहेका छन् । विगत ५ वर्षमा थापाले अवैध काम गरी मनग्य आम्दानी गरेका छन् । उनले सरकारी कर्मचारीदेखि प्रधानमन्त्रीसम्म पहुँच विस्तार गरेका छन् ।

Advertisement

Advertisement