सांसद विनोद चौधरीको पहलमा स्वास्थ्य मन्त्रालयले नवलपरासीमा पठायो तीन चिकित्सक

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न तीन स्वास्थ्य संस्थामा चिकित्सक पठाएको छ । नवलपरासी एकबाट प्रत्यक्ष निर्वाचित सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पहलमा मन्त्रालयले तीन  चिकित्सक पठाएको हो ।

मन्त्रालयका अनुसार चिसापानी अस्पताल, बर्दघाटका लागि डा मोहम्मद रजा अन्सारी, पकलिहवा स्वास्थ्य चौकीमा डा पंकज कुमार यादव र जगन्नाथ स्वास्थ्यचौकीका लागि डा विपुल कुमार झालाई पठाइएको छ । तीनै जना सरकारको छात्रवृत्ति २ वर्षे करार अन्तर्गत चिकित्सक हुन् । 

Advertisement

प्रतिनिधिसभा निर्वाचनका बेला नेता चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा सहज र गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए । उनी निर्वाचित भएपछि चौधरी फाउण्डेसनको सहयोग र अन्य राज्यका निकायसँगको समन्वयनमा स्वास्थ्यसंस्थाको स्तरोन्नति र सेवा विस्तारको काम भइरहेको छ । 

स्वास्थ्य मन्त्रालयले तीन जना एमविविएस चिकित्सक पठाउने निर्णयले नवलपरासीका नागरिकले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास लिइएको छ ।

Advertisement