यती एयरलाइन्सको स्वामित्वमा हेरफेरसँगै सीईओमा सापकोटा नियुक्त

Advertisement

काठमाडौं । यती एयरलाइन्सको सीईओ (प्रमुख कार्यकारी अधिकृत)मा सुवाश सापकोटा नियुक्त भएका छन् । यस कम्पनीको ४९ प्रतिशत शेयर स्वामित्व एसियन लाइफ इन्स्योरेन्सले लिएसँगै सापकोटा सीईओ नियुक्त भएका हुन् । 

शेयर स्वामित्व खरीद बिक्रीको औपचारिक समझदारी भने दशैंपछि हुने जनाइएको छ । शेयर बिक्रीपछि चार्टर्ड एकाउन्टेन्टसमेत रहेका सापकोटालाई सीईओको रुपमा नियुक्ति गरिएको हो । यसअघि एफवान सफ्ट ग्रुपको निर्देशक रहेका उनले सोअन्तर्गतको सहायक कम्पनी ई–सेवाको सीईओ भएर समेत काम गरिसकेका छन् । 

Advertisement

यसअघि यती एयरलायन्समा अनोज रिमाल सीईओ थिए । यतीका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पाको २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उनकै दाई लाक्पा सोनाम शेर्पाले यसको नेतृत्व गर्दै आएका थिए । उक्त कम्पनी केही समयअघि पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । साथै, कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने पनि बताएको छ । 

Advertisement

Advertisement