गृहमन्त्री श्रेष्ठलाई ‘हर्टअट्याक’, चीनमै उपचार हुँदै

Advertisement

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हर्टअट्याक भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

हाल चीनमा रहेका उनी स्वास्थ्यमा समस्या देखिएपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन् । उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको छ । 

Advertisement

बीआरआईको कार्यक्रमका लागि श्रेष्ठ केही दिनदेखि चीनमा छन् । उनी भोलि शुक्रबार नेपाल फर्किने कार्यक्रम थियो ।

Advertisement