जेन दीपिका ग्यारेटद्वारा मिस युनिभर्सको राष्ट्रिय पोशाक प्रदर्शन

Advertisement

काठमाडौं । एशियन पेन्ट्स मिस युनिभर्स नेपाल विजेता जेन दीपिका ग्यारेटले एल साल्भाडोरमा हुने ७२ औं  संस्करणको मिस युनिभर्स प्रतिस्पर्धामा सहभागी हुँदा लगाउने राष्ट्रिय पोशाक प्रदर्शन गरेकी छन् । 

काठमाडौंस्थित दुसित प्रिन्सेसमा पत्रकार सम्मेलन गर्दै उनले आगामी नोभेम्बर १८ तारिखमा  आयोजना हुन गइरहेको ७२ औं संस्करणको मिस युनिभर्समा लगाउने पोशाकहरू लगाएर प्रदर्शन गरेकी हुन् । स्कल्प्चर अर्टिस्ट विजय महर्जन र काव्या बुटीकको उमा नेम्कुलद्धारा डिजाईन गरिएको र  द प्याथ टु पिस थिमको आकर्षक राष्ट्रिय पोशाक पनि प्रर्दशन गरिएको छ ।

Advertisement

 

 

Advertisement