विश्वकपमा क्वालियफायर हुनु हाम्रो एक मात्र लक्ष्य होः कप्तान पौडेल

Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टि ट्वान्टी विश्वकपमा क्वालियफायर हुनु नै आफूहरुको एक मात्र लक्ष्य रहेको बताएका छन् । 

आईतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना उनले पछिल्ला छ महिनायता ब्याटिङ राम्रो भएको बताए । पौडेलले पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको बताए । 

Advertisement

उनले क्वालियफायर घरेलु मैदानमा भएको र आफूहरुले ठूलो अवसरको रुपमा लिएको बताए । पौडेलले कुनै पनि टिमलाई सहज रुपमा नलिएको र क्वालिफाइ हुने आफूहरुको लक्ष्य रहेको बताए । 

सबै खेलाडीहरुले आफूहरुको अनुभव प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने उनले बताए । 

त्यस्तै प्रशिक्षक मोन्टी देसाईले कुनै पनि टिमले विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताए । उनले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । देसाईले एकपटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने बताए । उनले आफ्ना लागि सबै खेल महत्वपूर्ण रहेको बताए । 

कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ ।

Advertisement

Advertisement