विदेशमा नेपालीले सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न सांसद सुवालको माग

Advertisement

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । 

आईतवार प्रतिनिधि सभाको बैठकमा उनले अहिले पनि नेपालीहरुको विदेशमा सम्पत्ति भएको खबर बाहिर आएको भन्दै नेपालीको सम्पत्तिको सीमाङ्कन गर्न आवश्यक रहेको बताए । 

Advertisement

उनले नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताए । सुवालले देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराईलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदा एक चौथाई बिदा कटौति गर्नुपर्ने माग गरे । 

उनले भने, ‘नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ । किनभने अहिले पनि नेपालीहरुको विदेशमा सम्पत्ति भएको बाहिर आएको छ । नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ । देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराईलाई व्यवस्थित गर्नुपर्छ । सरकारी बिदा धेरै भएको जनगुनासो छ । यसलाई एक चौथाई बिदा कटौति गर्नुपर्छ ।’

सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारी समेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने बताए । 

Advertisement