एक वर्षका लागि डिशहोम फाइबरनेट जोड्ने ग्राहकले दुई वर्षको सेवा पाउने अफर लम्बियो

Advertisement

काठमाडौं । बडादशैंको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर लम्बिएको छ । 

उक्त अफर घटस्थापनाको अवसर पारेर डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि ल्याएकोमा आउँदो मंसिर ३ गतेसम्मका लागि लम्ब्याएको हो । 

Advertisement

यस अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि तीन सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् जसमा ग्राहकले ५० एमबीपीएसदेखि २५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने तीन सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने छन् । 

यस अफरका ग्राहकहरुबाट अत्याधिक प्रतिक्रिया आएकाले कम्पनीले एक वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको ‘फेस्टिभ १२ महिने प्याकेज’ अफरलाई छठ पर्वको दिनसम्म अर्थात मंसिर ३ गतेसम्मका लागि थप गरेको जनाएको छ । 

थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर वा ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबरनेटले जनाएको छ। चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले आग्रह गरेको छ । 

Advertisement