सर्वोच्चद्धारा रिगललाई आममाफी दिने निर्णय बदर, प्रधानमन्त्री र राष्ट्रपतिलाई नैतिक संकट

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका गुण्डा नाइके योगराज ढकाल (रिगल)लाई आममाफी दिने निर्णय बदर गरिदिएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।

Advertisement

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । उनी अहिले न्यायका लागि अनशनमा पनि छन् । 

रिटमाथि सुनुवाइ गर्दै अदालतले बिहीबार कैद सजाय मिनाहाको निर्णय बदर हुने आदेश सुनाएको हो । यस निर्णयले गृहमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई नैतिक संकटमा पारेको छ । 

Advertisement

Advertisement