युएईलाई हराउँदै नेपाल टी–ट्वान्टी विश्वकपमा छनोट

Advertisement

काठमाडौं । नेपाल टी–ट्वान्टी विश्वकपमा छनोट भएको छ । मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै नेपाल टी–ट्वान्टी विश्वकपका लागि छनोट हुन सफल भएको हो । 

टस जितेस पहिले ब्याटिङको निर्णय गरेको युएईले निर्धारित २० ओभरमा १३४ रन मात्रै बनाउन सक्यो । बलिङतर्फ नेपाली बलर कुशल मल्लले तीन विकेट लिए भने सन्दिप लामिछानेले दुई, सोमकाल कामी र रोहित पौडेलले समान एक–एक विकेट लिए । 

Advertisement

जवाफ ब्यटिङमा उत्रिएको नेपालले १८ ओभरमा लक्ष्य भेट्टाउन सक्यो । नेपालका लागि ओपनर ब्याट्सम्यान आरिफ शेखले सबैभन्दा धेरै ६४ रन प्रहार गरेका थिए । 

Advertisement

Advertisement