बालेनलाई उपेक्षा गर्दै फोहोर व्यवस्थापनबारे अवलोकन गर्न एक्लै नयाँ दिल्ली पुगे चिरिबाबु

Advertisement

ललितपुर । काठमाडौं उपत्यकोको मुख्य र ठूलो नगरपालिकाका मेयर बालेन शाहलाई उपेक्षा गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन एक्लै फोहोर व्यवस्थापनको अवलोकन गर्न नयाँ दिल्ली पुगेका छन् । 

काठमाडौंको फोहोर व्यवस्थापनको विषय अगाडि बढाउन बालेनलाई उपेक्षा गरेर चिरिबाबुलाई सुनियोजितरुपमा नेतृत्व गराउने प्रयास भइरहेको बेला चिरिबाबु एकाएक दिल्ली पुगेका हुन् । 

Advertisement

फोहोर व्यवस्थापन र आधुनिक सहरीकरणका असल अभ्यासबारे बुझ्न भन्दै नयाँदिल्ली पुगेका उनले दिल्लीको फोहोर व्यवस्थापनको स्थलगत अवलोकन गरेका छन् । 

यसअघि ‘उपत्यका मेयर्स फोरम’को बैठकमा आफूलाई अबमूल्यन गरी बैठक चलाउने प्रयास भएपछि बालेन बीचमा नै उठेर हिँडेका थिए । नेपवेष्ट नामक एक कम्पनीको संयोजनमा भएको उक्त बैठकमा उपत्यकाका अरु मेयरहरु मिलेर बालेनलाई निर्णायक हुन नदिने योजना बनाइएको थियो । 

सोही पृष्टभूमिमा चिरिबाबु एकाएक नयाँ दिल्ली पुगेका छन् । भारतको निमन्त्रणामा उनी नयाँ दिल्ली पुगेको ललितपुर महानगरपालिकाको भनाई छ । बुधबार नयाँ दिल्ली पुगेका चिरिबाबुले बिहीबारदेखि त्यहाँका शहरीकरण र फोहोर व्यवस्थापनका अभ्यासहरु हेरेका थिए । 

Advertisement