अर्थतन्त्रमा देखिएका समस्याका कारण सर्वसाधारण लगानी गर्न डराएः चन्द्र ढकाल

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताएका छन्  । 

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रुपमा भन्दा पनि सबै पक्षहरुलाई एकै ठाउँमा राखेर साझा धारणा बनाउनु आवश्यक रहेको बताए । 

Advertisement

ढकालले पछिल्लो समय समय विदेशी मुद्रा सञ्चिति, पर्यटनमा वृद्धि, बैंकमा तरलता सहजता भएको अवस्था छ भन्दै अर्थतन्त्रको सूचकहरूमा सुधार हुँदै गएको  दावी गरे । उनले यसले अर्थतन्त्र पूर्ण चलायमान बनाउन विश्वास बढाउने बताए । 

अध्यक्ष ढकालले अर्थतन्त्रमा देखिएका समस्याका कारण सर्वसाधारणहरू लगानी गर्न डराइरहेको भन्दै सबै निकायहरुको साझा एजेण्डा अर्थतन्त्र सुधार गर्ने भएमा भने मुलुकले खोजेको अर्थतन्त्र चलायमान हुने बताए । उनले अहिले एक आपसमा आरोपप्रत्यारोप गर्नेभन्दा पनि कहाँ–कहाँ कसरी बढ्न सकिन्छ ? भने बहस गरी अगाडि बढ्न आवश्यक रहेको बताए । 

ढकालले भने, ‘वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रुपमा भन्दा पनि सबै पक्षहरुलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउनुपर्छ । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति,पर्यटनमा वृद्धि, बैंकमा तरलता सहजता भएको अवस्था छ । पछिल्लो विभिन्न तथ्याङ्कले अर्थतन्त्रमा सुधार हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव छैन । अब भनेको सर्वसाधारणलाई कन्फिडेन्स विकास गर्न आवश्यक छ । यसको लागि सबै सरोकारवाला निकायहरुको साझा एजेण्डा भयो भने मुलुकले खोजेको अर्थतन्त्र चलायमान हुन्छ । अहिलेको अवस्था एकले अर्कोलाई दोस दिएर भन्दा पनि सकारात्मक रुपमा सूचना प्रवाह गर्न आवश्यक छ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले मुलुकको अर्थतन्त्र बलियो बन्नको लागि कानून,  नीति हुनुपर्ने बताए । उनले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्था अफ्ठ्यारो अवस्थामा रहेको बताए । 

Advertisement

Advertisement