आईआईएमएस कलेजले होटल व्यवस्थापनका विद्यार्थीलक्षित आज विशेष कार्यक्रम गर्दै

Advertisement

काठमाडौं । राजधानीको कमलपोखरीस्थित चिरपरिचित आईआईएमएस कलेजले होटल व्यवस्थापन (म्यानेजमेन्ट) पढिरहेका आफ्ना विद्यार्थीहरुलाई लक्षित गर्दै आज (सोमबार) ‘टक सो’ आयोजना गर्दैछ । 

कलेजका विद्यार्थीहरुले ‘प्रोफेसनालिजम एट वर्क प्लेस’ शीर्षकमा बहस कार्यक्रम आयोजना गर्न लागेको कलेज व्यवस्थापनले जानकारी दिएको हो । कार्यस्थलमा कसरी व्यवसायिकता कायम गर्ने ? आफ्नो छवीले कार्यस्थलमा कस्तो प्रभाव पार्छ ? भन्ने बारेमा पनि ‘टक सो’मा छलफल हुनेछ । 

Advertisement

स्कुल अफ हस्पिटालिटी एण्ड टुरिजमका प्रमुख समेत रहेका डा. जोकिम आजको कार्यक्रममा सहभागी हुँदैछन् । साथै, मलेसियामा रहेको टेलर्स विश्वविद्यालयका उच्च अधिकारीहरुले आजको कार्यक्रमको स्थलगत निरीक्षण गर्ने आईआईएमएस कलेजका एसोसिएट एकेडेमिक डाइरेक्टर अश्विनीकुमार लघुले दिए । 

उनका अनुसार आजको कार्यक्रम दुई घण्टाको हुनेछ । कार्यक्रममा सोल्टी होटलका कर्पोरेट डाइरेक्टर सचिन ज्ञवाली पनि सहभागी हुँदैछन् । आजको कार्यक्रमको आयोजक विद्यार्थीहरु नै रहेको र उनीहरुले आफ्नै साथीहरुमाझ कार्यक्रम प्रदर्शन गर्नेछन् भन्दै लघुले नक्सालस्थित आर एण्ड ए बुटिक होटेलमा हुने यस कार्यक्रमले विद्यार्थीलाई आफ्नो छविले जीवनमा राख्ने महत्वको बारेमा जानकारी दिने बताए । 

कार्यक्रम अवधिमा सहभागी विद्यार्थीहरुले जिज्ञाशा राख्न पाउँछन् । यस्तो कार्यक्रमले विद्यार्थीहरुको सिर्जनशीलता वृद्धि गर्ने बताउँदै सेफ फेड्रिकको उपस्थितिले कार्यक्रमको शोभा बढाउने लघुले बताए । सेफ फेड्रिकले विद्यार्थीहरुलाई केक मिक्सिङ र वाइन कसरी बनाउने ? भन्ने बारेमा नयाँ तरिका सिकाउने छन् ।  

पहिलो दिनमा विदेशी सेफ तथा पाहुनाहरुले विद्यार्थीलाई खाना बनाउने तरिका सिकाउछन् । विद्यार्थीहरुले पनि त्यस्तै नयाँ परिकार बनाएर आफूलाई व्यवसायिक बनाउन सक्ने कलेजको भनाई छ । 

Advertisement

Advertisement