ज्योति विकास बैंकद्वारा अग्नि पिडितहरुलाई राहत बितरण

Advertisement

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको लािग ज्योति विकास बैंकले राहत वितरण गरेको छ । 

बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको छ । वैशाख १२ गते बुधबार आगोले क्षतिग्रस्त बनेको जरलहवा, गाछी बस्तीका पीडितहरुको राहतको लागि बैंकले उक्त सहयोग गरेको हो ।

Advertisement

राहत वितरण कार्यकममा बैंकका तर्फबाट जनकपुर शाखाका शाखा प्रबन्धक सुरज श्रीवास्तवले  मटिहानी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष  कलिम अन्सारीको उपस्थितिमा उक्त राहत सामग्रीहरु अग्नि प्रकोप पीडित परिवारहरूलाई हस्तान्तरण गरेका हुन् । 

बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । 
 

Advertisement

Advertisement