राशिफलः आज (कार्तिक २१) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल कार्तिक महिनाको २१ गते मंगलबार, कार्तिक कृष्णपक्षको दशमी तिथि ।

मेष 
पेशागत जीवन औसत अवस्थाबाट गुज्रने छ । शेयर क्षेत्र अनुकुल बन्न सक्ने छैन् । शारीरिक कमजोरीले सताउने छ । कमजोर खालको व्यक्तित्व बन्ने छ । दाम्पत्य जीवनमा कटुता देखा पर्न जाने छ ।

Advertisement

वृष
बौद्धिक क्षेत्रमा आवद्धहरुको पेशागत उन्नति हुने छ । शेयर क्षेत्र पनि सकारात्मक रहने छ । आम्दानीमा बृद्धि हुने छ । नरम खालको स्वाभाव हुने छ । निर्णय क्षमतामा कमजोरी देखिने छ । शारीरिक रुपमा समस्याहरु देखा पर्ने छ । 

मिथुन 
पेशागत जीवन औसत खालको रहने छ । आतिथ्य सत्कार क्षेत्र अर्थात हस्पिटालिटी क्षेत्रमा संलग्नहरुलाई समय जोखिपूर्ण देखिन्छ । शेयर क्षेत्र प्रतिकुल रहने छ । बोलीको प्रभावकारीतामा कमि आउने छ । निर्णय क्षमतामा कमि आउने छ । भाग्यको साथ रहने छैन् । 

कर्कट
पेशागत जीवनमा आफ्ना हाकिमहरुसँग बादबिबादको क्रम देखिने भएकाले संयमित रहनु नै बुद्धिमानी हुने छ । शेयर क्षेत्र सकारात्मक हुने छ । बोलीको प्रभाव घट्ने हुँदा अनावश्यक बिबाद तथा तिक्तताको वातावरण उत्पन्न हुन पुग्ने छ ।

सिंह
पेशागत जीवनमा अस्थिरताका क्रम देखा पर्ने छ । शेयर क्षेत्र हल्का अनुकुल रहने छ । बौद्धिकस्तर उन्नत भए पनि सोहि अनुसारको जिम्मेबारी भने प्राप्त हुने छैन् । कार्यालयमा कामको सिसिलामा कार्यालयका हाकिमहरुसँग बिबाद आउने भएकाले संयमित रहनु होला । 

कन्या
पेशागत क्षेत्र अनुकुल नै रहने छ । सेवा क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल रहने छ । शेयर क्षेत्र हल्का मात्र सकारात्मक रहने छ । बोलीको प्रभाव कम हुने छ, खासगरी रुखोपना र कडापना देखा पर्ने छ । 

तुला
पेशागत जीवनमा उल्झनहरु आउने छ । छविमा दाग लाग्ने समय सक्रिय रहेकाले सतर्क भई अघि बढ्नु होला । शेयर क्षेत्र औसत रहने छ । भाग्यहिनताका कारण मनमा पनि हिनता बोध लाग्ने छ । दुविधात्मक व्यक्तित्व हुने छ । 

वृश्चिक
पेशागत जीवन औसत रहने छ । शेयर क्षेत्र प्रतिकुल रहने छ । साझेदारीमा गरिएका कामहरुका बिबाद देखा पर्ने छ । त्यसैले संयमित भएर पाइला चाल्नु पर्ने देखिन्छ । धेरै जोखिमपूर्ण बिधामा सक्रियहरुले धैर्यतापूर्वक पाइला चाल्नु पर्ने समय छ ।।

धनु 
पेशागत क्षेत्र सोचे जस्तो उन्नतितर्फ नगए पनि प्रतिकुल पनि हुने छैन् । प्राविधिक क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर बजार नकारात्मक तर्फ नै झर्ने छ । पारीवारिक जीवनमा कटुता आउने छ । शरीर कमजोर हुँदा मनोबलको अभाव देखा पर्ने छ । 

मकर 
साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । तरल पदार्थको कारोवारमा रहेकाहरुको आर्थिक जीवनमा दबाब उत्पन्न हुने छ । अन्यको हकमा सामानय रहने छ । शेयर क्षेत्र सकारात्मक रहने छ । दृढ खालको व्यक्तित्व हुने छ । मनमा उदासिनताका मात्रा देखिने छ ।

कुम्भ 
पेशागत क्षेत्रमा स्थिर रहने छ । साझेदारीमा गरिएका कामहरु पनि सकारात्मक रहने छ । आम्दानी सोचे जस्तो हुने छैन् । शेयर क्षेत्र अनुकुल बन्न सक्ने छैन् । मनमा तनाब सृजना हुँदा त्यसको प्रभाव पारीवारिक जीवनमा पर्न जाने छ ।

मीन
पेशागत जीवन शुभ रहने छ । व्यापार व्यवसायमा संलग्नहरुलाई पनि लाभ मिल्ने छ । शेयर क्षेत्र भने औसत रहने छ । बोलीको प्रभावकारीपनामा बृद्धि हुने छ । पारीवारिक जीवनमा भने केही द्वन्द देखा पर्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement