पर्यटनमन्त्री किराँतीले उद्घाटन गरे चेन होटल ‘होलिडे इन एक्सप्रेस काठमाडौं’

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुडान किरातीले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नु पर्ने बताएका छन् ।

दुई अर्ब लगानीमा अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ सञ्चालनमा

Advertisement

आज ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ होटलको उद्घाटन गदै पर्यटनमन्त्री किराँतीले राज्यले निजी क्षेत्रलाई दपेट्ने नीति बदल्नुपर्ने बताएका हुन् । 

राज्यको तीन खम्वे अर्थनीति भएपनि निजी क्षेत्रलाई लगानी गर्न सहज वातवरण भने व्यवहारमा नरहेको मन्त्री किराँतीको धारणा छ ।  राज्यको अर्थतन्त्र जटिल बन्दै गैरहेको बेला निजी क्षेत्रलाई लगानी गरेर रोजगार तथा आर्थिक समृद्धी हासिल गर्नुपर्नेमा मन्त्री किराँतीको जोड रहेको थियो । 

त्यस्तै निजी क्षेत्रले पनि नेपाली श्रम र सँस्कृतिसंगै प्रकृतिको समायोजन गरेर नेपालीपनको रोजगार सृजना गर्ने गरी लगानी गर्नुपर्ने बताए । नेपालीपनको पर्यटनले मात्र समृद्धी हासिल गर्न सकिनेमा किरातीले जोड दिए ।

Advertisement

Advertisement