सेडान ब्राण्डका विद्युतीय ट्याक्सी मात्रै चलाउन दिने सरकारी नीति गलत छः प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा भित्रिने सबै ब्राण्डका विद्युतीय सवारी साधनलाई ट्याक्सीको रुपमा अनुमति दिन आवश्यक रहेको बताएका छन् । 

बिहीवार राजधानीमा भएको राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल’ सफ्टवेयर सार्वजनिक कार्यक्रममा उनले सरकारले चलिरहेको विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति लिनु गलत भएको बताएका हुन् । 

Advertisement

घिसिङले नेपालमा जुनसुकै ब्राण्डका ट्याक्सी आए पनि त्यो सबैलाई सहमति दिन आवश्यक रहेको बताए । उनले नेपालमा व्यवसायीहरुले जुन ट्याक्सी ल्याउँछु भने पनि सबैलाई सहमति दिन आवश्यक रहेको बताए । 

घिसिङले एक जनालाई मात्रै मानोपोली गर्न दियो भने त्यसको लागत र मूल्य सबै माथि रहने बताए । उनले विद्युतीय सवारी साधनहरुलाई पनि सडक अनुमति पत्र खुला गर्न आवश्यक रहेको बताए । सरकारले जुनसुकै ब्राण्डको ट्याक्सीहरुलाई पनि अनुमति दिने र  पेट्रोलबाट चल्ने ट्याक्सीलाई विद्युतमा प्रतिस्थापनको लागि केही सहुलियत दिन आवश्यक रहेको घिसिङको भनाई थियो । 

नेपालमा सय वटा सवारी साधन भित्रिँदा ७० वटा विद्युतीय सवारी साधन मात्रै भित्रिन थालेको बताउँदै उनले  अहिलेसम्म १० देखि १५ हजार विद्युतीय सवारी साधन भित्रिएको बताए । कार्यकारी निर्देशक घिसिङले पछिल्लो समय हरेक रुटमा विद्युतीय सार्वजनिक माइक्रो बस पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन भन्दा विद्युतीय सवारी साधनको लागत १५ गुणा सस्तो रहेको बताए । 

उनले अब बुझ्नेहरु मानिसहरु कसैले पनि डिजेल पेट्रोलबाट चल्ने सवारी साधन नकिन्ने बताए । घिसिङले विद्युतीय सवारी साधन मात्रै सञ्चालन गर्न सके छ खर्बको आयातलाई २० अर्बको विद्युत खपत गर्दा पूर्ण रुपमा आयात प्रतिस्थापन हुने दावी गरे । उनले ५ खर्बको डिजेल पेट्रोल आयातलाई बन्द गर्ने र सात खर्बको निर्यात गर्ने हो भने नेपालको व्यापार घाटा शुन्यमा झार्न सकिने जिकिर गरे । घिसिङले व्यापार घाटामा नेपाल पोजेटिभतिर जाने बताए । 

विगतमा केही वर्षअघि विद्युत खपत कम गर्ने योजना बनाउनुपर्ने अवस्था रहेपनि अहिले नेपालमा उत्पादित भएको विद्युत लिइदिनुपर्यो भनेर भारत र बंलादेशसँग आग्रह गर्नुपर्ने अवस्थामा रहेको उनले गुनासो गरे । घिसिङले विद्युतको क्षेत्रमा विगतको भन्दा विपरित उल्टो अवस्थामा रहेको बताए । उनले विद्युतीय सवारी साधनलाई सबैले प्रोत्साहन गर्न आवश्यक रहेको बताए । 

Advertisement