तिहारमा धेरै चिल्लो र गुलियो खानेकुरा कम रेशादार अनिवार्य खानुहोलाः पोषणविद् थापा

Advertisement

काठमाडौं । पोषणविद् मधु थापाले तिहारमा चिल्लो र गुलियो खानेकुरा खाँदा जो कोहीले विशेष ध्यान पुर्याउनुपर्ने बताएकी छिन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा थापाले चिल्लो र गुलियो खानेकुराको साथसाथै अन्य रेशादार खानेकुराहरु पनि अनिवार्य रुपमा खानुपर्ने बताएकी हुन् । 

Advertisement

उनले कर्पोरेट नेपालसँग भनिन्, ‘खाना पकाउने तेल स्वस्थ भएन भने त्यसले नकारात्मक असर पार्छ । रंग बदलिएको तेलवाला खानेकुराहरु धेरै मात्रामा खानु हुँदैन् भने एक पटक प्रयोग गरेको तेलको पुनः प्रयोग गर्नु पनि हुँदैन । हाम्रो खानेकुराहरु, तरकारीहरु प्राय सबै नै चिल्लो भएको हुने भएकाले हामीले तिहारमा खाने कुराहरुमा विशेष ध्यान पुर्याउनु पर्छ ।’

थापाले चिल्लो खाने कुरामा ओखर, ठूलो बदाम, काजु, किसमिस जस्ता खानाहरु स्वस्थकर हुने बताइन् । तर, उनले अन्य तेलहरुले शरिरमा सकारात्मकको सट्टा नकारात्मक प्रभाव पार्ने बताइन् । तेलको अवस्था राम्रो भएमा त्यसले हाम्रो मुटुमा पनि सकारात्मक प्रभाव पार्ने थापाको सुझाव छ । 

मुख्य गरेर डाईवेटिज, प्रेसरका बिरामीहरुले पनि आफूले खाएको चिल्लो खाने कुराहरु, तारेका खानेकुराहरु खाँदा स्वादको लागि मात्र भन्दा पनि आफ्नो स्वस्थलाई हेरेर खानुपर्ने उनले बताइन् । 

थापाले शरिरमा मानिसलाई चाहिने गुलियो वस्तु शरिर आफैले पनि उत्पादन गर्ने भएकाले सकेसम्म कम गुलियो खानेकुरा खानुपर्ने बताइन् । त्यस्तै, गुलियो साथमा अन्य तरकारी वा नुलिलो खाने कुराहरु पनि मिसाएर खान मिल्ने उनको सुझाव छ । 

तर, अधिकांशले गुलियो खाँदा आफ्नो शरिरलाई चाहिने भन्दा पनि धेरै खाने गरेको त्यस्तो आनिबानी चाहिँ सकेसम्म सुधार्नु पर्ने थापाले बताइन् । उनले दिएको जानकारी अनुसार एक स्वस्थ व्यक्तिले पनि ६० टोनसम्म गुलियो खान मिल्छ । त्यसमा पनि आफ्नो शरिरको क्यालोरीअनुसार पाँच प्रतिशतसम्म गुलियो खान मिल्छ । 

Advertisement

Advertisement