पुननिर्माणका लागि आएको खर्बौं ऋण र अनुदान रकम खोई ?

राजधानीमा अझै लथालिंग छन् २०७२ को भूकम्पका क्षतिग्रस्त संरचना (फोटोफिचर)

Advertisement

हालै मात्र पश्चिम नेपालको जाजरकोट र रुकुममा गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भयो । २०७२ सालको भूकम्पलाई मानिसहरुले पूर्णरुपमा बिर्सिन नभ्याउँदै पश्चिम नेपालमा पटक पटक गएका साना ठूला भूकम्पले झन त्रास थपिएको छ । 

२०७२ सालमा गएको भूकम्पबाट क्षति भएका संरचना, सांस्कृतिक र ऐतिहासिक धरोहर अझै पुनः निर्माण हुन सकेका छैनन् । काठमाडौं उपत्यकाका पूराना नेवारी वस्तीहरुमा अझै टेको लगाएर घर, मठमन्दिर, देवल, पाटी पौवा आदि अड्याएर राखिएको देख्न सकिन्छ । 

Advertisement

सरकारले यस्ता घर तथा संरचना पुनर्निर्माणका लागि भन्दै खर्बौं रुपियाँ विदेशी ऋण र अनुदान पनि लिएको थियो । तर त्यो रकम कहाँ कति खर्च भयो ? अहिले प्रश्न उठ्न थालेको छ । 

सरकारले आवश्यक चासो र चिन्ता नदेखाउँदा यी संरचनाहरु भग्नावशेषका रुपमा मेटिँदै गएका छन् । टाढाको कुरै नगरौँ । काठमाडौंको वसन्तपुर क्षेत्रका कतिपय निजी भवन, सांस्कृतिक सम्पदाहरु पुनःनिर्माण शुरु समेत भएका छैनन् । 

२०७२ सालको महाभूकम्पको भग्नावशेषहरु संघीय राजधानी वरपर यत्रतत्र फेला पर्छन् । २०७२ सालको महाभूकम्पबाट भोगेको अनुभवलाई आठ वर्षसम्म व्यवहारमा नउतार्दा अहिले पश्चिम नेपालमा ठूलो क्षति भएको छ । 

अझै पनि विज्ञहरुले पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम रहेको चेतावनी दिइरहेका छन् । अब बेलैमा पुनःनिर्माण नगर्ने र पूर्वतयारीकासाथ नबस्ने हो भने भविष्यमा पुनः अहिलेको क्षति दोहोरिने निश्चितप्रायः छ । तस्वीर स्रोतः नान

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

Advertisement

Advertisement