तिहारको अवसरमा लक्ष्मी सनराइज उत्सव, पुरस्कार जित्न सकिने

Advertisement

काठमाडौं । नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ ।

नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाइ अझ व्यापक बनाउन यो योजना सुरु गरेको बैंकको भनाई छ । 

Advertisement

अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पुर्याउने बैंकको लक्ष्य रहेको छ भन्दै लक्ष्मी सनराइन बैंकले यस अभियानअन्तर्गत बैंकले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियोमार्फत उजागर गर्न आग्रह गरेको छ । 

यसरी भिडियो बनाएर सामाजिक संजालमा राख्नु हुने सहभागीहरुमध्ये उत्कृष्ट तीन भिडियोलाई क्रमशः ५० हजार ३० हजार र १५ हजार रुपियाँ नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ । सहभागीहरुले भिडियो पोस्ट गर्दा बैंकलाई ट्याग गरी ह्यास्ट्याग ‘लक्ष्मीसनराइजउत्सव’ पनि प्रयोग गर्नुपर्ने छ । 
 

Advertisement