वर्ल्डलिङ्कलाई अन्तर्राष्ट्रियस्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’

Advertisement

काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाउन सफल भएको छ । 

एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ)ले मङ्गलवार दक्षिण कोरियाको सियोलमा आयोजित कार्यक्रममा कम्पनीलाई अवार्ड प्रदान गरेको हो । एसोसिओका अध्यक्ष ब्रेन सेनले उक्त अवार्ड वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई हस्तान्तरण गरेका थिए । 

Advertisement

कर्णाली लगायत देशका विभिन्न दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट पुरयाउन महत्त्वपूर्ण पूर्वाधार विकास गरी देशको डिजिटल रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै कम्पनीलाई यो अवार्डले सम्मानित गरेको हो । 

एसोसिओमा न्युजिल्यान्ड, जापान, अस्ट्रेलिया, भारत, सिङ्गापुर, चीन नेपाल लगायतका विभिन्न २४ देशका सूचना प्रविधि क्षेत्रका सङ्घ‍‍‍‍संस्था सदस्यको रूपमा रहेका छन् । यो अवार्ड हरेक वर्ष प्रत्येक सदस्य मुलुकको सेवा प्रदायकहरुलाई प्रदान गरिंदै आएको छ । वर्ल्डलिङ्कले यसअघि सन् २०१८ मा समेत एसोसियोको इन्टरनेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्ड बाट सम्मानित भइसकेको  छ । 

सन् १९९५ तिर नेपालमा भर्खर भर्खर इन्टरनेट सुरु भएको बेला ‘डिजिटल डिभाइड’ अर्थात् डिजिटल विभेदलाई कम गर्ने स्पष्ट उद्देश्यका साथ वर्ल्डलिङ्क बजारमा आएको थियो । शैक्षिक संस्था, व्यवसाय र आम सर्वसाधारणका लागि कनेक्टिभिटीको टुल उपलब्ध गराउँदै आएको कम्पनीले हाल इन्टरनेटको पहुँचबाट बञ्चित अति विकट तथा दुर्गम क्षेत्रमा समेत आफ्नो सेवा पुर्याएको छ । 

देशका आठ लखभन्दा बढी घरधुरीलाई इन्टरनेट सेवामा जोड्न सफल वर्ल्डलिङ्कको सेवा देशका हिमाली, पहाडी र तराई क्षेत्रसम्म फैलिएको छ । नेपालको इन्टरनेट सेवामा मेरुण्डको रुपमा स्थापित भएको वर्ल्डलिङ्कले नेपालको डिजिटल रूपान्तरणमा आफूलाई अग्र स्थानमा उभ्याउन समेत सफल भएको छ ।

Advertisement