टिकटक प्रतिबन्धविरूद्ध माइतीघरमा प्रदर्शन, सर्वोच्चमा आज सुनुवाई

Advertisement

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको विरोधमा सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । हन्ड्रेड ग्रुप्स र दलितका लागि दलित नामक संस्थाले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘टिकटक प्रतिबन्ध खारेज गर’, ‘सरकार हिजो बन्दुकसँग डराउने आज टिकटकसँग’, ‘टिकटक हैन जाजरकोटलाई ध्यान दे’लगायतका नारा अंकित प्लेकार्डसहित माइतीघरदेखि नयाँ बानेश्वरसम्‍म प्रदर्शन गरे । 

Advertisement

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । ती रिटहरुमाथि आज सुनुवाई हुँदैछ । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले काठमाडौंमा लाखौं मानिस ल्याएर अहिलेको व्यवस्था परिवर्तन गर्ने तयारी गरेपछि मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

Advertisement

Advertisement