राशिफलः आज (मंसिर ८) तपाइँको पेशा, व्यवसाय, शेयर कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल मंसिर महिनाको ८ गते शुक्रबार, कार्तिक शुक्लपक्षको द्वादशी तिथि । आज गायत्री प्रादुर्भाव दिवस रहेको छ । 

मेष 
विचारमा स्पष्टता आई अन्यौलता हट्ने छ । लोकप्रियता बढ्ने छ भने अरुको विश्वास सहजै प्राप्त हुने छ । पेशागत जीवनमा देखिएका दुविधा समाधानतर्फ जाने छ । पारीवारिक जीवनमा भने असन्तोषको अवस्था कायम नै रहने छ । स्वास्थ्यमा आउने असन्तुलनप्रति सजग रहनु होला । 

Advertisement

वृष
उदास मनस्थितिले गर्दा साथिभाइहरुले होच्याउने छन् । मनमा धेरै विचारहरु लहरसाथ आउने हुँदा एकाग्रताको अभाव हुने छ । पेशागत जीवनमा चुनौतिको सामना गर्नु पर्ने भएकाले धैर्य भएर कदम चाल्नु होला । भाग्यले साथ नदिएका कारण कामहरु बन्ने छैनन् । आर्थिक पक्ष सन्तोषजनक हुन सक्ने छैन् ।

मिथुन
राजसी ठाँटबाँटको स्वाभावमा बृद्धि हुने छ । तडग भडकपूर्ण जीवनशैली देखिने छ । दृढ खालको व्यक्तित्व हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । परिवारमा भने झैझगडापूर्ण वातावरण रहने छ । पेशागत जीवन औसत खालको हुने छ । खर्च धेरै हुने छ । 

कर्कट
मानसिक र शारीरिक हाउभाउमा परिवर्तन आउँदा आफ्नै मित्रहरुले पनि अनौठो मान्ने छन् । तनावपूर्ण वातावरणको सामना गर्नु पर्ने छ । खर्च धेरै हुने हुँदा आर्थिक कठिनाईबाट गुज्रनु पर्ने छ । मित्रहरुकै बीचमा वैमनश्यता देखिने छ । परिवारको साथ नहुँदा एक्लो महशुस हुने छ । 

सिंह
दृढ प्रकृतिको स्वाभाव हुँदा हुँदै पनि कडाशैलीको व्यक्तत्व बन्दा जोकोहीसँग मिल्न नसक्ने बानी देखिने छ । धेरै रिस उठ्ने भएकाले झैझगडाको अवस्था आउने छ । भोग विलासी शैली देखिने छ । पेशागत क्षेत्र र आर्थिक पक्ष सकारात्मक रहने छ । 

कन्या
विदेश यात्रामा सफलता मिल्ने छ । आशावादी विचारहरु मनमा आउने छन् । नयाँ नयाँ काम गरौँ गरौँ लाग्ने छ । पेशागत क्षेत्रबाट सन्तोष मिल्ने छ । सम्मान पाइने तथा कदर मिल्ने छ । पारीवारिक विषयले भने तनाव दिने छ । आर्थिक पक्ष औसत खालको हुने छ । धार्मिक स्वाभाव देखिने छ ।

तुला
आफैले विश्वास गरेका पात्रहरुबाट धोका हुने छ । परिवारमा किचलोको अवस्था हुने हुँदा सामाजिक रुपमा बद्नामी व्योहर्नु पर्ने छ । जीवनसाथिको अदम्य साथका कारण ठुलो राहत मिल्ने छ । पेशागत जीवनमा धेरै जोखिम लिने भन्दा सुस्त गतिमा धैर्य कदम चाल्नु उपयुक्त होला । 

वृश्चिक
असन्तोषी स्वाभावले गर्दा दुःख पाइने छ । सन्तोष लिने प्रयास गर्नु होला । कडा खालको व्यक्तित्व हुँदा लचकताको अभाव हुने छ । पेशागत जीवनमा झैझगडाको अवस्था आउने भएकाले सतर्क रहनु होला । आर्थिक पक्ष भने सवल बन्ने छ । घर घडेरी किन्ने योग छ । 

धनु 
भोज भतेर जस्ता पार्टीहरुमा सहभागि हुन पाइने भए पनि मन प्रफुल्ल भने हुने छैने । एक तमासको एकोहोरोपनाले मनलाई बाँध्ने छ । कमजोर मनोबल हुने हुँदा आत्मविश्वासको कमि हुने छ । पेशागत जीवनमा धैर्य भएर कदम चाल्नु होला । अनावश्यक क्षेत्रमा खर्च बढ्न पुग्ने छ ।

मकर 
घमण्डिपना बढेर जाने छ । पेशागत जीवन अनुकुल रहने छ । चलाख खालको व्यक्तित्व भने बन्ने छ । आर्थिक पक्ष सवल बन्ने छ । दाम्पत्य जीवनमा भने कठिनाईको सामना गर्नु पर्ने छ । चिसोजन्य स्वास्थ्य समस्याले सताउने छ ।

कुम्भ 
रुखो खालको व्यक्तित्व हुँदा हाँसो मजाकमा पनि नरम्ने स्वाभाव देखा पर्दा एकलकाँटे स्वाभाव आउने छ । आय स्रोतका क्षेत्रमा अवरोधहरु आउँदा आर्थिक सन्तुलन बिग्रने छ । सवारीसाधनसम्बन्धी विषयमा धैर्य भएर कदमहरु चाल्नु होला पेशागत जीवनबाट धेरै अपेक्षा भन्दा निरन्तरतालाई ध्यान दिनु होला । 

मीन
चलाख खालको व्यक्तित्व हुँदाहुँदै पनि असजिलो परिस्थितिबाट उम्कन निकै संघर्ष गर्नुपर्ने छ । आफुले आफैलाई निकै कमजोर महशुस हुने छ । स्वास्थ्य समस्या देखिँदा अस्पतालजन्य खर्च बढ्न पुग्ने छ । बोलीलाई नियन्त्रित गर्ने प्रयास गर्नु होला । पेशागत जीवन औसत प्रकृतिको रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement