हायर पर्चेज कर्जा सम्बन्धी राष्ट्र बैंकले जारी गर्यो निर्देशन, नयाँ के आयो ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन, २०८०) गर्दै नयाँ निर्देशन जारी गरेको कार्यकारी निर्देशक गुणाकर भट्टले जनाएका छन् । 

Advertisement

‘कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्नेछ । पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न पाइने छैन ।’ नयाँ निर्देशनमा उल्लेख छ । 

साथै कम्पनीले कर्जा प्रवाह गर्दा ऋणीसँग अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ । तर रु. २५ लाख वा सो भन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट स्थायी लेखा नम्बर (प्यान) लिन अनिवार्य हुनेछैन । 

नयाँ निर्देशनको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस्

Advertisement

Advertisement