हिमालय रोडिज सिजन ५ को उपाधि सञ्जिप राईलाई

Advertisement

काठमाडौं । हिमालय रोडिज सिजन ५ को उपाधि सञ्जिप राईले हात पारेका छन् ।  

सोमवार साँझ सम्पन्न फाइनल प्रतिष्पर्धामा खोटाङका राईले उपाधिसँगै १० लाख रुपियाँ नगद र यामहा मोटरसाइकल समेत प्राप्त गरे । उपविजेता विश्व मगरले ५० हजार रुपियाँ प्राप्त गरे । 

Advertisement

कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा सुहाउँदैन, गर्न सक्दैन भन्ने टिकाटिप्पणी आएपनि काम गर्दै गएपछि सहज र रमाइलो लागेको बताइन् । 

ग्रिन ग्याङ अर्थात टिम लाउरे दुवैजना प्रतिष्पर्धी उपाधिका लागि भिडेका थिए । हिमालय रोडिजको इतिहासमा एउटै समूहबाट दुईजना फाइनलिस्ट बनेको यो पहिलोपटक हो ।

Advertisement