केसी समूहले पेल्दैमा हामी पछि हट्दैनौ, शर्मा, ‘केसी दुई–चार जनाको घेरामा सीमित भइसके’

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आरके (राजेन्द्रकुमार) शर्मा पक्षले बद्री केसी समूहले पेल्दैमा आफूहरु पछि नहट्ने अडान लिएको छ । 

मंगलबार पत्रकार सम्मेलन गरेर उनले कृतिमरुपमा संस्था कब्जा गर्ने रणनीतिमा गएको बताउँदै संस्थालाई एकतावद्ध बनाउनका लागि पुनः निर्वाचन गराउनुको विकल्प नरहेको बताए । 

Advertisement

शर्माले विद्युतीय माध्यमबाट गराइएको निर्वाचनको वास्तविकता ल्याउन अन्तर्राष्ट्रिय छानविन समिति बनाउने भन्ने प्रश्ताव हास्यास्पद रहेको बताए । उनले यो लडाईं आफ्नो व्यक्तिगत नभइ संस्थागत लडाईं भएको बताउँदै आफूलाई झनै पेल्दै जान्छु भन्ने सोच्नु गलत भएको बताए । 

संघको पुनः निर्वाचनमा जानुपर्ने आवश्यकता रहेको शर्माले दोहोर्याए । सानो घेरोमा संस्था लगेर पेल्दै गए अन्तिम घडीसम्म पनि न्यायको लागि लड्ने उनको भनाई छ । शर्माले भने, मैले अहिले पनि भन्छु, सम्पूर्ण साथीहरुलाई भन्छु, यो मेरो व्यक्तिगत लडाईं होइन । संस्थागत लडाईं हो । यदी तपाइँहरुको पनि दायित्व छ भने आउनुस् टेबलमा बसौँ । उहाँहरुले आजसम्म न पूर्वअध्यक्ष, न हामीसँग कुरा गर्ने आँट गर्नुभएको छ । झन् बरु उहाँहरु पेल्दै जाने, यसै गरेर जाने हो र अलिदिनमा थाक्छन् कि जस्तो सोच्नुभयो भने त्यो गलत हो ।’ 

उनले थपे, ‘यो लडाईं पदको लागि होइन । रिइलेक्शन गरौँ । संस्थाको विश्वास फिर्ता ल्याऔँ । यदी रिइलेक्शनमा तपाईंले आरके शर्मा नउठ् भन्नुहुन्छ भने म यहीँ भन्छु, म प्रत्यासी हुँदिन तर संस्था बचाउनको लागि लाग्छु । तर सानो घेरोमा संस्था लगेर पेल्दै जानुभयो भने म मेरो अन्तिम घडीसम्म पनि न्यायको लागि लड्नेछु । यो सबैको साझा चौतारी हो, केही सानो घेरोको एउटामा रहनु हुँदैन ।’ शर्माले गैरआवासीय नेपाली संघ सानो ठाउँमा खुम्चिनु नहुने बताए । 

शर्मालाई नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थन छ भने बद्री केसी समूहलाई नेकपा एमालेको समर्थन छ । सत्ता गठवन्धनले शर्मा समूहलाई वैधानिकता दिने प्रयास गरे पनि केसी समूहले आफू नै आधिकारिक भएको भन्दै संघको कार्यालयन नियन्त्रणमा लिएर गतिविधि गर्दै आएको छ । 

Advertisement

Advertisement