सानिमा बैंकको नयाँ शाखा अब स्याङ्जाको पुतलीबजारमा

Advertisement

काठमाडौं । सानिमा बैंकलेस्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । 

उक्त शाखा कार्यालयको ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बैंकका संचालक रमेशकुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पान्डेले संयुक्त रुपमा गरेका हुन् ।

Advertisement

समारोहमा ब्राण्ड प्रवद्र्धक श्रेष्ठले पुतलीबजारमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । 

त्यसैगरी बैंकका संचालक पोखरेलले बैंकलाई विश्वास गरि सबल अनि विश्वस्निय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । 

यसैबीच सीईओ पाण्डेले स्याङ्जामा शाखा स्थापना गरेर बैंकले स्थानीय ग्राहरुलाई विश्वसनीय एवम स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्दता व्यक्त गरी यस कार्याक्रममा सम्पूर्ण स्याङ्जा वासिको सहयोग र साथ पाउने विश्वास व्यक्त गरे ।  

बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा ए.टि.एम. संचालनमा छन् । 

Advertisement

Advertisement