खाँड र रायमाझीलाई धरौटीमा रिहाईको तयारी, छोडिए अदालतमै आत्मदाह गर्ने पीडितको चेतावनी

Advertisement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएर पुर्पक्षका लागि थुनामा रहेका नेताद्धय बालकृष्ण खाँड र टोपबहादुर रायमाझीलाई धरौटीमा रिहाईको तयारी भइरहेको समाचार आएपछि पीडितहरु आक्रोसित भएका छन् । 

आफूहरुलाई न्यायको सुनिश्चितता नगरी यस प्रकरणसँग जोडिएका नेताहरुलाई रिहाई गर्ने कुराले धेरै खालको आशंका जन्माएको भन्दै पीडितहरु पदम खत्री, डम्बर केसी, रामकुमार रेग्मीलगायतले आफूहरुलाई ठगी गरिएको कराडौं रुपियाँ फिर्ता हुने र ठगी गर्नेहरुलाई कारवाहीको सुनिश्चितता नभए उच्च अदालत परिसरमै आत्मदाह गर्ने चेतावनी दिएका छन् । 

Advertisement

यस प्रकरणसँग जोडिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खाँड र नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री रोयमाझीलाई एक–दुई दिनभित्रै रिहाई गर्ने र अन्यलाई चाहिँ जेलमै राखेर मुद्दा अगाडि बढाउने तयारी भइरहेको समाचार आएका छन् । 

एक पीडितले भने, ‘हामी न्यायका लागि लामो समयदेखि भौंतारिरहेका छौं । सरकारले न्याय नदिए पनि अदालतले न्याय दिन्छ । दोषीलाई उन्मुक्ति दिँदैन् । हामीहरुबाट ठगिएको करोडौं रुपियाँ फिर्ता हुन्छ भन्ने आशामा हरेक दिन ५०–६० जना पीडितहरु अदालत र प्रहरी कार्यालयको चक्कर काटिरहेका छौं । अहिले आएर राजनीतिक चलखेल गरेर दुई जना नेतालाई चोख्याउने प्रयास हुन्छ भने हामी बाँच्नुको अर्थ हुँदैन् । अदालत परिसरमै आत्मदाह गछौं ।’ 

खाँड कांग्रेसको नेता भएकाले रिहा गर्ने हो भने यस प्रकरणमा ८०–९० जना पीडित कांग्रेसकै क्रियाशील सदस्यदेखि सक्रिय कार्यकर्ता समेत रहेको भन्दै अर्का एक पीडितले यस प्रकरणसँग जोडिएका थ्रप्रै ठूला पहुँचवालालाई पक्राउ नगर्ने र पक्राउ परेर दोषी देखिएकालाई पनि छोड्ने कुरा आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिए । 

Advertisement

Advertisement