‘शेयर खरीद–बिक्री टुंगिनासाथ एनसेलले प्राधिकरणलाई कागजाज बुझाउने आश्वासन दिएको छ’

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले  शेयर खरीद बिक्री टुंगिनासाथ कागजाज प्राधिकरणलाई पठाउने दूरसञ्चार कम्पनी एनसेलले बताएको जानकारी दिएका छन् । 

बुधबार ससदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले एनसेल आजिएटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने संस्था भएकाले आफ्नो कर्तव्य पालनामा सधैं जागरुप र प्रतिवद्ध रहेको बताएको जानकारी दिँदै प्रक्रिया टुँगिनासाथ पत्र पठाउने आश्वासन दिएको जानकारी दिए । 

Advertisement

खनालका अनुसार दूरसञ्चारसम्वन्धी नियमावली र विनियमको हवाला दिँदै एनसेलले आफू कानुनअनुसार नै चलेको दावी गरेको छ । उनले भने, ‘एनसेल आजियटा लिमिटेडको शेयर खरीद बिक्री भयो भनेर जब हामीले आजियटाको वेभसाइटमा देख्यौं, त्यसपछि हामीले एनसेललाई पत्राचार गर्यौं । पत्रमा हामीले शेयर बिक्री गर्न प्राधिकरणको स्वीकृति लिनुपर्छ, स्वीकृति नलिई कुनै पनि कारोबार गर्न पाउँदैनौं भन्यौं । किन्ने र बेच्ने दुवै स्वीकृति लिन आउनुपर्छ भनेर भन्यौं । त्यसमा हामीले चेकजाँच गछौं आर्थिक र प्राविधिक हिसावले । ठिक छ भने तोकिएको महशुल दर बुझाएर खरीद बिक्री गर्न पाउँछौं भनेर मंसिर १५ मा पत्राचार गर्यौं । मंसिर १९ मा हामीलाई एनसेलबाट जवाफ आएको छ ।’ 

undefined

Advertisement