Advertisement

काठमाडौं । सिटिजन्स बैंकले खातामा पैसा नभएको चेक काट्दा के कारवाही हुन्छ भन्ने सचेतनामूलक भिडियो सामग्री निर्माण गरेको छ । 

बैंकद्वारा निर्मित उक्त भिडियोमा एक जना हस्तकला व्यवसायीले एक चिनजानकी महिलासँग श्रीमानले विदेशबाट पठाएको पैसाबाट ऋण लिन्छन् । उनले भनेको समयमा उक्त पैसा फिर्ता गर्न नसकेपछि खातामा पैसा नभएको चेक काटिदिन्छन् । 

Advertisement

चेक नसाटिएपछि ती महिनाले व्यवसायी बिरुद्ध प्रहरीमा उजुरी दिएको उक्त भिडियोमा देखाइएको छ । उजुरी पछि प्रहरीले पीडित महिला र ती व्यवसायीलाई प्रहरी कार्यालयमा बोलाएर तत्काल पैसा फिर्ता गर्न आदेश हुन्छ ।

यही क्रममा ती व्यवसायी आफ्ना छोरालाई लिएर केही माग्न तिनै प्रहरी अधिकारीकोमा पुग्छन् । ती प्रहरी अधिकारी र व्यवसायी एकले अर्कालाई चिन्छन् । यही कुराले मायाप्रेममा रहेका व्यवसायी र प्रहरी अधिकारीले छोरीको विवाह भाँडिन अवस्था सिर्जना हुन्छ । 

यसरी खातामा पैसा नभएको चेक काट्दा चेक बाउन्स हुन सक्ने र त्यसबाट हुने कारवाहीले घरपरिवारनै बिग्रने अवस्था सिर्जना भएपछि ती व्यवसायीले पीडित महिलाको प्रहरीले दिएको समयमै फिर्ता गर्छन् । र, छोराको विवाह अब भने हुने पक्का हुन्छ । 

भिडियो हेर्नुहोस् 

Advertisement

Advertisement