सिटिजन लाइफद्वारा भूकम्पमा ज्यान गुमाएकी उपमेयर सिंहको परिवारलाई पाँच लाख भुक्तानी

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोटमा केही दिनअघि भुकम्पबाट ज्यान गुमाएकी उपमेयर सरिता सिंहको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले निजको हकवालालाई पाँच लाख ४० हजार रुपियाँ रकम भुक्तानी गरेको हो ।

कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसी, नलगाड नगरपालिकाका मेयर डम्बर रावत तथा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी उपस्थित थिए ।

Advertisement

त्यस्तै कम्पनीका कर्णाली प्रदेश प्रमुख मुरली भण्डारी,  जाजरकोट शाखा प्रमुख गोविन्दबहादुर बुढा र कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जीसी पनि उपस्थित भएका थिए ।

Advertisement

Advertisement