सुनको मूल्य फेरि बढ्यो, प्रतितोला १ लाख १८ हजार ६ सयमा कारोबार

Advertisement

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी सस्तिएको छ । सुन प्रतितोला २ सय बढ्दा चाँदी प्रतितोला २० रुपियाँ सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement