राष्ट्रिय बीमा कम्पनीद्वारा जाजरकोटका १ सय ५४ जनालाई २ लाखका दरले भुक्तानी दिइदै

Advertisement

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले जाजरकोटको भूकम्पमा परी ज्यान, गुमाएका तथा अंगभंग भएका नागरिकहरुको परिवारलाई भुक्तानी गर्ने भएको छ । 

कम्पनीले प्रति परिवार दुई लाख रुपियाँका दरले भुक्तानी दिने भएको हो ।

Advertisement

प्राकृतिक भवितव्यका लागि कम्पनीले दुर्घटना बीमा गराउँदै आएको छ । कम्पनीका निमिक्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ) सुवास कोइरालाले कर्पोरेट नेपालसँग भने, ‘हामीलाई जम्मा १ सय ५४ जनाको प्राकृतिक विपत्तीमा परी मृत्यु भएको भन्ने खबर आएको छ । ७४ जनाको दाबी भुक्तानी यस अघि नै दिईसकेका थियौं । दुर्घटनामा ज्यान गुमाएका परिवारहरुले दुई लाख रुपियाँका दरले भुक्तानी पाउनु हुनेछ ।’


 

Advertisement