आपतकालीन ढोकाको शिशा झरेपछि तारा एयरको जहाज लुक्लामा ‘ग्राउण्डेड’ !
फाइल तस्बिर

Advertisement

काठमाडौं । तारा एयरको जहाजको आपतकालीन ढोकाको शिशा झरेपछि लुक्लामा ग्राउण्डेड गरिएको छ ।  

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उक्त नाइन एन एएलओ कल साइनको जहाज काठमाडौंबाट दुई जना यात्रुसहित कार्गो लिएर उडेको थियो ।

Advertisement

आज बिहान १० बजे लुक्लामा अवतरण गर्दा जहाजको आपतकालीन ढोकाको शिशा झरेको देखिएपछि उक्त जहाज ग्राउण्डेड गरिएको क्यानका सूचना अधिकारी भुलले बताए ।  

ढोकाको शिशा कसरी खस्यो ? त्यसको छानबीन प्रक्रिया अघि बढाएको भुलले बताए । 

Advertisement