सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । लगातार घटिरहेको सुनको मूल्य आज फेरि ह्वात्तै बढेको छ । सुन प्रतितोला २ हजार ८ सय रुपियाँ र चाँदी प्रतितोला ५५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement