निर्यात बढ्न नसके पनि रेमिटान्स वृद्धिले शोधनान्तर बचत बढ्यो

Advertisement

काठमाडौं । रेमिटान्स बढ्दा शोधनान्तर स्थित एक खर्ब ४७ अर्ब ११ करोडले बचत हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो चार महिनाको आर्थिक स्थितिमा शोधनान्तर स्थितमा सुधार देखिएको हो । 

गत बर्ष सोही अवधिमा शोधनान्तर स्थित २० अर्ब तीन करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ११ करोडले बचतमा रहेको छ ।

Advertisement

समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा रहेको हो ।

आन्तरिक उत्पादनमा वृद्धि भएर निर्यात बढ्न नसके पनि युवाहरु विदेशिने क्रम बढ्दै जाने र उनीहरुले पठाउने रेमिटान्समा वृद्धि हुँदै जाँदा शोधनान्तर स्थितिमा पनि सुधार आएको हो । पछिल्लो समय पर्यटक आगमनमा पनि केही सुधार आएको छ । 
 

Advertisement

Advertisement