ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः चन्द्र ढकाल निर्विरोध निर्वाचित

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । 

बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । 

Advertisement

ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पनि हुन् ।  

साधारण सभाबाट संस्थापक शेयरधनीहरुमध्येबाट अध्यक्ष ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल उपाध्याय, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचितभएका छन् । 

नवनिर्वाचित अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनियताको शपथ लिएपछि नवनिर्वाचित सञ्चालकहरुलाई शपथ गराउने छन् । 
 

Advertisement