नगरकोटमा नेपालकै सबैभन्दा लामो सुपरम्यान जिपलाइन सञ्चालनमा

Advertisement

नगरकोट । नगरकोटमा नेपाककै सबैभन्दा लामो ‘सुपरम्यान‘जिपलाइन’ सञ्चालनमा आएको छ । उक्त जिपलाइन नगरकोट जिपलाइन प्रालिले निर्माण गरेको हो,  जिपलाइन २ हजार २ सय ५० मिटर लामो रहेको छ । 

आज उक्त जिपलाइनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उद्घाटन गरेका हुन् । 

Advertisement

undefined

कम्पनीका अनुसार जिपलाइन करिब ५ करोड लगानीमा निर्माण भएको हो । नेपालमा सञ्चालनमा रहेका जिपलाइनहरु मध्ये यो जिपलाइन नै नेपालको सबैभन्दा लामो जिपलाइन रहेको कम्पनीका सञ्चालक केदार थापाले बताए । 

नेपालीलाई जिपलाइन चढ्न प्रतिव्यक्ति ४ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । यस्तै विदेशीका लागि प्रति व्यक्ति ५० अमेरिकी डलर तिर्नु पर्ने कम्पनीले जनाएको छ । 

Advertisement