शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला राख्न राष्ट्र बैंकको निर्देशन

Advertisement

काठमाडौं । शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला हुने भएका छन् । 

नेपाल राष्ट्र बैंक नियमन विभागका अनुसार मंसिर ३० गते आर्थिक ऐन २०८० ले प्रदान गरेको छुट तथा विविधामा सहभागी हुने अन्तिम दिन रहेको र राजश्व दाखिला गर्ने समय भएकाले शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला राख्न निर्देशन दिइएको छ ।

Advertisement

उक्त दिन बैंकका राजश्व संकलन गर्ने सबै प्रकारका शाखा तथा काउण्टर एवम् क्लियरिङ हाउस खुला गर्ने गरी राजश्व बुझ्ने  र राजश्व जम्मा सम्बन्धी चेक क्लियरिङ गर्ने व्यवस्था गराउन निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।

undefined 
 

Advertisement

Advertisement