सुनको मूल्य प्रतितोला १ हजार ३ सय घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला प्रतितोला १ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ८ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार २ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement