एनसेलले कर छलेको रहेछ भने सरकारले छाड्दैनः अर्थमन्त्री महत

Advertisement

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलले कर छलेको रहेछ भने नछाड्ने बताएका छन् । 

नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री डा. महतले भने, ‘एनसेलबारे सरकारले छानबिन समिति बनाएको छ । उसले कर छलेको रहेछ भने हामी छोड्दैनौं । तर, किनबेच अर्थमन्त्रालयले हेर्दैन, दूरसञ्चार प्राधिकरणले हेर्छ । त्यसको पनि छानबिन हुँदैछ ।’ 

Advertisement

‘बालाजु–तीनकुने सडक एडीबीको सहयोगमा बन्ने योजना थियो, ठेक्कामा लफडा भयो । रानीपौवादेखि उताको खण्ड टुंगियो । ठेक्का प्रकृयामा जान्छ, यताको एसियन बैंकले नै गर्छ’ उनले भने, ‘म यता र उता भन्ने जान्दिनँ, देशैभरि विकास गर्नुपर्छ, नुवाकोटमा पनि गर्नुपर्छ ।’

Advertisement