सुन प्रतितोला २ सय महंगिदा चाँदी सस्तियो

Advertisement

काठमाडौं । मंगलबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो भने चाँदी ५ रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपियाँ र तेजावी सुन प्रतितोलामा १ लाख १७ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।  

Advertisement

यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement