Advertisement

काठमाडौं । ख्यातिप्राप्त शैक्षिक परामर्शदाता सेवा प्रदायक अल्फाबिटा कन्सल्टेन्सीले यूएस (अमेरिका) जान भिषा प्राप्त गरिसकेका आफ्ना विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरेको छ । 

भिषा प्राप्त हुनुअघि विद्यार्थीहरुलाई सहजता प्रदान गर्दै आएको अल्फाबिटाले उनीहरुलाई यात्रा र यात्रापछि गन्तव्य मुलुकमा कुनै असहज र कठिनाई नहोस भन्नका लागि यस्तो कक्षा सञ्चालन गरिएको हो । 

Advertisement

राजधानीको नयाँ बानेश्वरस्थित अल्फाबिटा केन्द्रीय हलमा सम्पन्न कार्यक्रममा सहभागी ५० जनाभन्दा धेरै भिसा लागेका विद्यार्थीहरुले पढ्ने जानुअघि लगेजमा के के सामान लान मिल्ने ? के के नमिल्ने ? कति र कस्ता सामानहरु लैजान सकिने, दुवै तर्फका विमानस्थलमा गर्नुपर्ने र ध्यान पुर्याउनुपर्ने कुराहरु, गन्तव्य मुलुकमा पुगेपछि ‘कल्चरल सक’ (फरक संस्कृतिबाट प्रभावित हुने कुरा)बाट कसरी जोगिने जस्ता विषयमा जानकारी दिइएको थियो । 

कन्सल्टेन्सीका व्यवस्थापकहरुले भिषा निश्चित भइसकेका विद्यार्थीहरुसँग आफूहरुले नियमित छलफल गर्ने र प्रशिक्षण गर्दै आएको बताएका थिए । उनीहरुले कुनै पनि विद्यार्थी वैदेशिक अध्ययनका लागि देश बाहिर जानुअघि उनीहरुले लानहुने र नहुने सामग्रीदेखि गर्न हुने र नहुने क्रियाकलापका साथै अध्ययनका क्रममा ध्यान दिनुपर्ने कुराहरु बारे यस्तो तालिम दिने गरेको बताएका थिए । 

अल्फाविटाले अधिकांश विद्यार्थीहरुले कर्जा (लोन) लिने विषय, आफूले विदेशमा गर्नुपर्ने काम, पाउने पारिश्रमिक, काम गर्न पाउने अवधिका बारेमा बढी चासो राख्ने बताएको छ । 

संस्थाले सञ्चालन गरेको कक्षामा पटक पटक विदेशी रहनसहनमा घुलमिल भएका अनुभवीहरुले पनि यूएस जाने तयारीमा रहेका विद्यार्थीहरुलाई आफ्ना ज्ञान र अनुभव सुनाएका थिए । अन्य संस्थाहरुमा यस किसिमको ‘फलोअप’ कम हुने भए पनि अल्फाबिटाले भने विद्यार्थीहरुको भविष्यलाई मध्यनजर गर्दै उचित परामर्श प्रदान गर्ने गरेको बताएको छ । सोही कारण आफूहरुको संस्था विद्यार्थी र अभिभावकहरुको रोजाईमा पर्ने गरेको अल्फाबिटाको भनाई छ । 

Advertisement