टेरामक्स प्रकरणमा भ्रष्टाचार भएको लेखा समितिको निष्कर्ष, अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

Advertisement

काठमाडौं । ससंदको सार्वजनिक लेखा समितिले टेरामक्स प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानविन अघि बढाउन निर्देशन दिएको हो । 

टेरामक्स खरिद प्रकृयामा प्रविधिको मूल्य धेरै राखी खरिद गरिएको थियो । जसमा एक ल्यापटपको मूल्य नै ६४ लाख तोकिएको छ । दूरसंचार प्राधिकरण र सूचना तथा सञ्चार मन्त्रालयका कर्मचारी मिलेर भ्रष्टाचार गरेको देखिएको हो । 

Advertisement

यो प्रकरणमा तत्कालीन सञ्चार सचिव हालका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, सहसचिव उत्तरकुमार खत्री भ्रष्टाचार काण्डमा मुछिएका छन् । यस्तै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालपनि यो प्रकरणमा सहभागी छन् । 

आयोगले भने यो प्रकरणमा अधिकाँस अनुसन्धान सकिसकेको छ । अख्तियार स्रोतका अनुसार अब मुद्दा दायार गर्न मात्रै बाँकी रहेको छ । 

समितिले भने प्रत्येक ३० दिनमा समितिलाई जानकारी गराउन भनेको छ ।

लेखा समितिले टेरामक्स प्रणाली खरिदबारे बुधबार नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका अधिकारीहरुसँग छलफल गरेको थियो । 

Advertisement