गभर्नर अधिकारीबिरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले गभर्नर हुन अधिकारीको शैक्षिक योग्यता नपुग्ने दाबीसहित रिट निवेदन दर्ता गरेका हुन् । अधिकारी २०७६ चैत २४ गते गभर्नर नियुक्त भएका थिए । 

Advertisement

गभर्नर पदका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानूनमा स्नातकोत्तर उत्तीर्ण भई सोही क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ । तर गभर्नर अधिकारीले अर्थ मन्त्रालयमा बुझाएको व्यक्तिगत विवरण (बायोडाटा) भारतमा चार्टर्ड एकाउन्टेन्ट पढेको उल्लेख छ । 

त्यसबाहेक कुनै पनि विषयमा स्नातकोत्तर नगरेको रिट निवेदनमा उल्लेख छ । उक्त निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुनेछ ।

Advertisement

Advertisement