आर्थिक मन्दीको प्रभाव : जगदम्बा सिमेन्टको कारोबारमा भारी गिरावट

Advertisement

काठमाडौं । जगदम्बा सिमेन्ट कम्पनीको व्यापारमा भारी गिरावट आएको छ । सन् २०२३ मा कम्पनीको व्यापारमा संकुचन आएको हो । 

कम्पनीले सन् २०२३ मा एक अर्ब ४४ करोड ७० लाखको मात्रै व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालको विवरण अनुसार सन् २०२२ मा दुई अर्ब ६८ करोड २० लाखको व्यापार गरेको सो कम्पनीले सो वर्षको तुलनामा एक अर्ब २३ करोड ५० लाख कम व्यापार गरेको हो। 

Advertisement

पछिल्लो पाँच वर्षको विवरणमा जगदम्बाको व्यापार घट्दै गएको छ । सन् २०१९ मा तीन अर्ब ७९ करोड ४० लाखको व्यापार गरेको यस कम्पनीले सन् २०२० मा दुई अर्ब ४४ करोड, सन् २०२१ मा दुई अर्ब ९२ करोडको व्यापार गरेको थियो । 

देशमा बढ्दो आर्थिक मन्दीका बिच व्यापारमा संकुचन आइरहेको छ । यसैको शिकार जगदम्बा सिमेन्ट पनि परेको हो । पछिल्लो दिनमा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ कालको विवादित प्रिमियम महशुल अशुल्न भन्दै जगदम्बाको विद्युत लाइन काटिदिएको छ । 

Advertisement