नेपाल वायुसेवा निगम अहिलेकै हालतमा चले १० बर्षमा हिमाल सिमेन्ट बन्छः योगेश भट्टराई

Advertisement

काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार नहुने दाबी गरेका छन् । 

शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले वायुसेवा निगम अहिलेको संरचनामा सञ्चालन भइरहे अबको १० वर्षमा हिमाल सिमेन्टको जस्तो हालत हुने बताए । 

Advertisement

निगमले जतिवटा नयाँ जहाज खरिद गरेर सञ्चालनमा ल्याए पनि अहिलेको मोडल परिवर्तन नगरेसम्म सुधार नहुने बताउँदै भट्टराईले निगमलाई निजी नभई नेपाल टेलिकमको मोडलमा लैजान आफू मन्त्री भएको बेला काम थालेको स्मरण गरे । 

नेपाल एयरलाइन्सले २२ अर्ब नाफा कमायो भनेर नक्कली डाटा सार्वजनिक गरेको उनले बताए । भट्टराईले २२ अर्ब नाफा गराउने अध्यक्षलाई सबैले माला लगाएर सम्मान गर्न आवश्यक रहेको बताउँदै २२ अर्ब नाफा भए निगमले ५० अर्बको ऋणमा २२ अर्ब घटाउन आग्रह गरे । 

सरकारले निगमलाई अहिलेको मोडल परिवर्तन गरी जहाज ल्याउने भए एमालेले सहयोग गर्ने भट्टराईको भनाई छ । उनले भने, ‘नेपाली हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु)को हवाई सुरक्षाको कालोसूचिमा छौं । त्यसका धेरै कारणहरु छन् । अहिले विश्वभरी चलिरहेको हवाई सुरक्षाको कुरा पनि छ । यसमा अन्तर्राष्ट्रि शक्ति सघर्षको कुरा पनि छ । आज विश्व जुन धु्रविकरणमा छ, त्यो धु्रविकरणको प्रभाव नेपालको हवाई उडानमा पनि छ । त्यसबाट पनि हामी प्रभावित छौं । पछिल्लो दिनमा नेपालले हवाई क्षेत्रमा गुणस्तर बढाउनुपर्ने थियो । उनीहरुले जति गुणस्तर खोजेका थिए, त्यति नपाउँदा त्यो हुनै पर्छ भनेका छन् । यसमा सबै भन्दा ठूलो कारण राजनीति नै हो । जे भएपनि हामी त्यहाँबाट निस्कनु छ ।’ 

भट्टराईले थपे, ‘हामीले युरोपमा नेपाली जहाज उडाउँदैनौं त ? उडानुपर्छ । कोभिडको बेलामा मानविय सम्वेदनशिलतामा पनि उडान दिएनन् भने यो चानचुने विषय होइन । अहिलेको इयुको अडिटले कतिपय सकारात्मक कुराहरु देखाएको छ । नागरिक उड्डयन प्राधिकरणको मात्रै प्रयासले पुगेन सरकारको प्रतिवद्धता खाजेको छ । त्यही बेला म मन्त्री भएको बेला प्राधिकरण विभाजन गरौं भनेको थिए । संसदमा दर्ता भएको विधेयकको विषयमा छलफल गर्ने बेलामा मन्त्री नै नपाएपछि अहिलेसम्म विद्येयक कहाँ छ थाहा छैन । सरकारले इयुलाई कन्भिस गर्नुपर्छ । नेपाल एयरलाइन्सले २२ अर्ब नाफा कमायो भनेर समाचार बढे । त्यस्तो भए अध्यक्षलाई बोलाएर माला लगाई दिनुपर्ने हो । यति सक्षम अध्यक्षलाई कतार एयरलान्सले पनि पछि खोज्छ होला ? २२ अर्ब नाफा कमाउनेले ५० अर्बमा २२ अर्ब घटाएर ब्याज घटाए भयो । नक्कली डाटा दिनु भएन । नेपाल एयरलाइन्सको स्टक्चरल परिर्वतन गर्न आवश्यक छ । यो भनेको आजको अवस्थामा जहाज थप्नुस् । हामी तपाईलाई सहयोग गछौं । पारदर्शीता होस् । जति वटा विमान ल्याए पनि नेपाल वायु सेवा निगम जुन ढङ्गले चलेको छ यसले केही पनि उभो लाग्दैन । मैले यसलाई पब्लिक कम्पनीमा जानुपर्छ भनेको हो । प्राइभेट कम्पनी भनेको होइन । आज पनि नेपाल टेलिकम पब्लिक कम्पनी हो । यसरी नै नगएसम्म नेपाल वायु सेवा निगमको उद्वार हुँदैन । त्यो भनेको हिमाल सिमेन्ट उद्योग जस्तो बनाउने हो ।’

उनले हवाई उड्डयन क्षेत्र कालोसूचिमा राख्नु ईयूको आफ्नै स्वार्थ रहेको बताए । नेता भट्टराईले ईयू कालोसूचिमा राख्नु एउटा मात्रै नभएर राजनीतिक तथा विश्व धु्रविकरण लगायत कारण रहेको बताए । उनले सरकारले प्राधिकरण टुक्र्याउने शर्तलाई मान्न आवश्यक रहेको बताए । 

Advertisement