टिभिएस आईक्युबको ग्रिन रेभोलुसन राइड, ४ महिनामा गुड्यो १ लाख किलोमिटर

Advertisement

काठमाडौं । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक (विद्युतीय) स्कुटर टिभिएस आईक्युबले एक लाख किलोमिटरको यात्रा सम्पन्न भएको बताएको छ । 

टिभिएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो । बेस्ट इन क्लास इन्डुरेन्स (सिङ्गल चार्जमा नै धेरै भन्दा धेरै माइलेज दिने), राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मूल्य जस्ता विशेषताहरुले गर्दा लन्च भएको चार महिनाभन्दा कम समयमा नै टिभिएस आईक्युबले यस उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको हो ।

Advertisement

यस ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा तीन हजार पाँच सय किलो कम कार्बन डाइअक्साइड उत्पादन भएको भन्दै कम्पनीले जुन लगभग १७५ वटा रूख रोपेको बराबर भएको बताएको छ । साथै, अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग २५० लिटर कम इन्धन खपत भएको पनि सो कम्पनीले जनाएको छ । 

समग्रमा ग्राहकको इन्धन लागतमा ४.६ लाख रुपियाँ बचत भएको भन्दै जगदम्बाले सरकारी कोषमा परेको विदेशी मुद्राको भार पनि घटाउन यसले मद्दत पुर्याउने बताएको छ । विश्वव्यापी रूपमा टिभिएस आईक्युब दुई लाख २५ हजार घरहरुमा पुगिसकेको कम्पनीको दावी छ । 

एक दशमलव २५ बिलियन किलोमिटरभन्दा बढी दूरी गुड्दा टिभिएस आईक्युबले १५ मिलियन लिटर इन्धन बचत गरेको र ४३ हजार ७६५ टन कार्बन उत्सर्जन घटाएको, जुन एक दशमलव ७ मिलियन रूखहरू रोपेको बराबर हुने कम्पनीको भनाई छ ।

स्वदेशमा नै बिजुली उत्पादन गर्ने थोरै देशहरू मध्यमा नेपाल पनि पर्छ । टिभिएस आईक्युबले देशमा नै उत्पादित बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्दै राष्ट्र निर्माणमा ठूलो योगदान पुर्याउँदै आएको बताएको छ । 

टिभिएस आईक्युबका मुख्य विशेषताः
–    पीक पावर ४.६ किलोवाट, टर्क १४० एनएम
–    रेटेड पावर ३.३४ किलोवाट 
–    टप स्पिड – ७ किमी÷घण्टा 
–    एक्सेलेरेशन – ४.२ सेकेन्डमा ०–४० किमी÷घण्टा 
–    सिंगल चार्जमा दिने रेन्ज – १०० किलोमिटर 
–    पार्किङ असिस्ट 
–    ७ इन्च टिएफटी क्लस्टर, सहज ५–वे जोइस्टिक 
–    म्युजिक प्लेयर नियन्त्रण 
–    नाइट मोड 
–    स्मार्ट हेलमेट जडान 
–    आगमन कल÷एसएमएस अलर्ट 
–    क्लस्टरमा डकुमेन्ट स्टारेज 
–    ३२ लिटको अन्डर सिट स्टोरेज

Advertisement

Advertisement