गुडविल फाइनान्सको सीईओमा दोस्रो कार्यकालका लागि तुलाधर नियुक्त

Advertisement

काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को सीइओमा सरोजकाजी तुलाधर दोस्रो ४ वर्षे कार्यकालका लागि नियुक्त भएका छन् । 

सञ्चालक समितिको हिजो बसेको बैठकले तुलाधरलाई नै सीईओमा निरन्तरता दिने निर्णय गरेको हो । तुलाधरको दोस्रो कार्यकाल माघ २ गतेबाट शुरु हुने कम्पनी सचिव स्वयम्भू शाक्यले जनाएका छन् । 
 

Advertisement

Advertisement