हिमाल आरोहणमा किन बढ्दै छ नेपाली महिलाहरुको आकर्षण ?

Advertisement

काठमाडौं । हिमालमा आरोहणमा महिला आरोहीहरुको पनि आकर्षण बढ्न थालेको छ । भरियादेखि लिएर आरोहीसम्म महिलाहरुको सहभागिता बढ्दो छ । 

विगतमा पुरुषहरु हिमालमा काम गर्न जान्थे र महिलाहरु घरपरिवार सम्हालेर बस्थे । अहिले भने महिलाहरु पनि हिमालतर्फ तानिएका छन् । महिलाहरु हिमाल आरोहणमा आकर्षित हुनुमा रहर र बाध्यता दुवै देखिन्छ । 

Advertisement

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाइला टेक्ने नेपाली महिला पासाङ ल्हामु शेर्पा हुन् । उनले तीन पटकको प्रयासपछि सगरमाथामा पाइला टेक्न सफल भएकी थिइन । सन् १९९३ को अप्रिल २२ तारिखका दिन शेर्पाले सगरमाथा चुचुरोमा पुग्न सफल भइकी थिइन । 

त्यस्तै, विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पाले १०औं पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गरिसकेकी छन् । सगरमाथा लगायतअन्य हिमालहरु आरोहण गरेका महिला आरोहीहरु बारे तथ्यः 

null

पासाङ ल्हामु शेर्पा अकिताः 
अकिता नेपालको पहिलो महिला पर्वतारोहण प्रशिक्षक र केटु, नङ्गा पर्वत हिमालको शिखरमा पुग्ने पहिलो नेपाली महिला पनि हुन् । उनले विश्वको आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये १० वटा हिमालहरुको सफल आरोहण गरेकी छन् । 

लुक्लामा जन्मिएका उनले सगरमाथा, मनास्लु, केटु, नङ्गा पर्वत, कञ्चनजङ्घा, मकालु, ल्होत्से, अन्नपूर्ण, धौलागिरी लगायतको हिमालहरुको सफलतापूर्वक आरोहण गरी सकेकी छन् । 

त्यस्तै, अकिताको अब पाकिस्तानको गसेरब्रुम–१, ब्रोडपिक, गसेरब्रुम–२ र चीनको सिसापाङमा र चो ओयु हिमाल मात्र आरोहण गर्न बाँकी रहेको छ । उनी विश्वका आठ हजार मिटर अग्ला १४ अग्ला शिखर आरोहण गर्ने लक्ष्यमा छिन् ।

null

दावा याङ्जुम शेर्पाः
पर्वतारोही तथा अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) दावा याङ्जुम शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ अग्ला शिखरहरुमध्ये १३ वटा हिमालहरुको सफलतापूर्वक आरोहण गरिसकेकी छन् । 

दोलखा रोल्वालिङमा जन्मिएका उनले शिशपाङ्मा हिमाल मात्र आरोहण गर्न बाँकी रहेको छ । शिशपाङ्माको आरोहणसँगै उनी विश्वका आठ हजार भन्दा अग्ला १४ वटा शिखरहरु चुम्ने पहिलो महिला बन्ने छिन् । 

शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स प्राप्त गर्ने एशियाकै पहिलो महिला हुन् ।

null

लाक्पा शेर्पा 
विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पाले १०औं पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गरिसकेकी छन् । उनले नेपाली महिला कुनै पनि कामका लागि पछि हट्दैनन भन्ने सन्देश दिन हिमाल आरोहण गर्न लागेको बताइकी थिइन् । 

लाक्पाले कीर्तिमानी आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक विश्वको शिखरमा पाइला टेकेको पुरानो आरोहण शैलीलाई पछ्याइ सगरमाथासम्म पुगेकी थिइन् । 

संखुवासभाको मकालुकी लाक्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण सन् २००० मा गरेकी थिइन् । नवौं पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाउन सफल लाक्पाले सगरमाथा आरोहणमा धेरै पटक सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान तोडेकी थिइन् । 

undefinedफुन्जो लामा
फुन्जो झङभु लामा सगरमाथाको सबैभन्दा कम समयमा सफल आरोहण गर्ने महिला हुन् । गोरखाकी लामाले बिना अक्सिजन चो ओयु हिमालको सफल आरोहण गरेकी थिइन् । 

नेपालकै पहिलो महिला हेलिकोप्टर लङलाइन रेस्क्यूअर पनि हुन् । सन् २०१५ र २०१८ को स्कि च्याम्पियनसिपको अल्पाइन च्याम्पियन पनि हुन् ।गोरखाकी फुन्जो लामाले सगरमाथा, मनास्लु, केटु, चो ओयु हिमालहरु सफल आरोहण गरिसकेकी छन् । 

फुन्जो लामाले सन् २०१८ मा नेपालतर्फबाट सबैभन्दा छिटो ३९ घण्टा ६ मिनेटमा सगरमाथा आरोहण गरी गिनिज वुक अफ वल्र्डमा बनाएको रेकर्ड अहिलेसम्म कायम छ । लामालाई सरकारले यसअघि पनि तेन्जिङ–हिलारी अवार्डबाट सम्मानित गरिसकेको छ । 

null

माया शेर्पाः 
माया शेर्पा नेपाल पर्वतारोहण संघ (एनएमए)की पूर्वद्वितीय उपाध्यक्ष र सगरमाथा आरोही संघकी अध्यक्ष हुन् । ओखलढुङ्गाको पात्ले–५, रिपालमा जन्मिएकी शेर्पाले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये सात वटा आरोहण गरिसकेकी छन् । 

शेर्पाले सगरमाथा, केटु, कंचनजंगा, मनास्लु, मकालु, चो ओयु र अन्नपुर्ण हिमालको सफल आरोहण गरिसकेकी छन् । उनले हिमाल आरोहण सन् २००३ देखि सुरु गरेकी हुन् । महिला पनि सक्षम छन् भन्ने उदाहरण पेश गर्दै शेर्पाले विश्वको आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढ्ने अभियानमा लागेकी छन् । 

null

सङ्गीता रोकाया
सगरमाथामा पाइला टेक्ने सङ्गीता रोकाया पहिलो बझाङी हुन् । उनले ‘छाउपडी प्रथा अन्त्य’ को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी थिइन् । 

साइपाल गाउँपालिकाकी रोकायाले सगरमाथाको सफल आरोहणपछि विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफल आरोहण गरेकी थिइन् । उनी विश्वका आठ हजार मिटर अग्ला १४ अग्ला शिखर आरोहण गर्ने लक्ष्यमा छिन् ।

undefinedदिया पुन
अभिनेत्री दिया पुनले सातै महादेशका अग्ला शिखरहरु चुम्ने लक्ष्य राखेकी छन् । उनले सात महादेशका अग्ला हिमालमध्ये तीन वटा आरोहण गर्न सफल भएकी छन् । 

सगरमाथा, किलिमन्जारो, आकानकागुवा हिमालको सफलतापूर्वक आरोहण गरिसकेकी पुनले अब बाँकी रहेका हिमालहरु रुसस्थित माउन्ट एल्ब्रस, अस्ट्रेलियामा रहेको कास्र्टेन्स पिरामिड, अमेरिकामा रहेको डेनाली, अन्टार्कटिकामा रहेको माउन्ट भिन्सन चढ्ने योजना बनाएकी छन् । 

undefined

शर्मिला लामा 
लामाले हालसम्म छ हजार मिटरभन्दा माथिका दर्जनौ हिमाल आरोहण गरिसकेकी छन् । यससँगै उनले विश्वका आठ हजार मिटर अग्ला १४ अग्ला शिखरहरुमध्ये चार वटा हिमाल आरोहण गरिसकेकी छन् । 

सगरमाथा, मनास्लु, अन्नपूर्ण, ल्होत्सेको सफल आरोहण गरिसकेकी लामा ‘अ क्लाइम फर कजः स्टप ह्युमन ट्रयाफिकिङ’ नाराका विश्वमा आठ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गर्ने योजनामा छिन् उनले माउन्ट एल्ब्रसको पनि सफल आरोहण गरिसकेकी छन् । 

nullपूर्णिमा श्रेष्ठ
फोटो पत्रकारसमेत रहेकी पूर्णिमा श्रेष्ठले विश्वका आठ हजार मिटर अग्ला १४ अग्ला शिखरमध्ये आठ वटा आरोहण गरेकी छन् । गोरखामा जन्मिएकी उनले विश्वका आठ हजार मिटर अग्ला १४ अग्ला शिखर आरोहण गर्ने लक्ष्यमा छिन् ।

श्रेष्ठले सगरमाथा, मनास्लु, केटु, कञ्चनजङ्घा, धौलागिरी, ल्होत्से, मकालु, अन्नपूर्णमा पाइला टेकिसकेकी छन् । अब उनले विश्वका आठ हजार मिटर अग्ला छ वटा हिमालः पाकिस्तानमा रहेको नङ्गा पर्वत, गसेरब्रुम–१, ब्रोडपिक, गसेरब्रुम–२ र चीनको सिसापाङमा र चो ओयु हिमाल मात्र आरोहण गर्न बाँकी छ । 

undefined

नीमा डोमा शेर्पा र फुरदिकी शेर्पा
सगरमाथा आरोहण नीमा डोमा शेर्पा र फुरदिकी शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो एकल महिला हुन् । सगरमाथा आरोहणको क्रममा श्रीमान गुमाएकी नीमा डोमा शेर्पाले हिमालबाट खोसिएको खुशी हिमालमै खोज्ने प्रयासमा लागेकी छन् । 

सन् २०१४ मा सगरमाथा आरोहणका क्रममा उनका श्रीमानको हिउँ पहिरोमा परेर ज्यान गएको थियो । श्रीमानको मृत्युपछि दुई सन्तानलाई कष्टका साथ लालनपालन गर्दै आएकी नीमाले आफ्नो श्रीमानको पथ पछ्याउँदै सन् २०१८ बाट हिमाल आरोहण गर्ने जोखिमपूर्ण निर्णय गरेकी थिइन् । उनी सोलुखुम्बुको खुम्बु गाउँपालिका–४ खुम्जुङ निवासी हुन् । 

त्यस्तै, फुरदिकीका पतिको पनि केही वर्षअघि सगरमाथा चढ्ने बाटो बनाउँदै गर्दा खर्पसमा भासिएर ज्यान गएको थियो । हिमालबाट खोसिएको खुशी हिमालमै खोज्ने भन्दै फरदिकी र निमा डोमाले आरोहण यात्रा तय गरेका थिए । उनले खुम्बु गाउँपालिका दिङबोचेकी फुरदिकीले आइस ल्याण्ड, पोकल्दै, लोबुचे पिक २३ घण्टामा आरोहण गर्न सफल भएकी थिइन् । 

nullएकै परिवारका तीन दिदीबहिनी 
एकै परिवारका तीन दिदीबहिनी सातै महादेशका अग्ला शिखर चढेर कीर्तिमान बनाउने दौडमा छन् । उनीहरुले सगरमाथा, माउन्ट एल्ब्रस, किलिमन्जरो गरी तीन वटा हिमालहरु सफल आरोहण गरिसकेका छन् । 

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ निवासी निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पाले अब ४ वटा हिमालहरु आरोहण बाँकी रहेको छ । 

तिनै जानले सबै महादेशका अग्ला शिखरको आरोहण गरी विश्वमा रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन् । उनीहरु चढ्न बाँकी रहेका हिमालहरु कास्र्टेन्स पिरामिड, आकानकागुवा, डेनाली, माउन्ट भिन्सन छन् । 

nullओम्निका डंगोल 
डंगोल सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली केबिन क्रु (विमान चालक दलकी सदस्य) हुन् । उनले सगरमाथाको सफल आरोहणसँगै रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस आरोहण गरेकी छन् ।

सात महादेशका अग्ला शिखरहरु चुम्ने अभियानमा रहेकी उनले अहिलेसम्म दुई वटा आरोहण गर्न सफल भएकी हुन् ।  डंगोलले सगरमाथा, लोबुचे, मेरा र आइल्याण्ड पिकको पनि आरोहण गरिसकेकी छन् । 

सगरमाथा आरोहण गर्ने पहिलो फ्लाइट एटेण्डेन्ट (विमान परिचालिका)को रुपमा आफ्नो नाम लेखाउन सफल उनले चाँडै आरोहण गर्ने योजना बनाएकी छन् । डंगोल निजी क्षेत्रको उड्डयन सेवा हिमालय एयरलाइन्समा कार्यरत छिन् ।

Advertisement